मंगलबार, भदौ २, २०८३

मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या

रुकुम पश्चिमका एक युवाले मादक पदार्थ सेवनगरी श्रीमतीको हत्या गरेका छन्।
 |  सोमबार, पुस १९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १९, २०७८

काठमाडौं- रुकुम पश्चिमका एक युवाले मादक पदार्थ सेवनगरी श्रीमतीको हत्या गरेका छन्। रूकुम पश्चिम बाफिकोट गाउँपालिका–९ स्थित झुला पिपल टोलका दलजीत खनाल (दिपक)ले श्रीमती कमला खड्का (२६ को घाटी थिचेर हत्या गरेका हुन्।

गत शुक्रबार राती रक्सी सेवन गरेर आएका खनालले श्रीमतीको घाटी थिचेर हत्या गरेको रूकुम पश्चिमका प्रहरीले जनाएको छ। उनले सधै रक्सी सेवन गरेर श्रीमतीसँग झगडा गर्नेगरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

श्रीमतीको घाटी थिचेर हत्या गरेपछि आत्महत्या गरेको पुष्टी गराउन मृतकको सल प्रयोग गरेर झुड्याएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। हत्याका आरोपी खनाललाई जिल्ला कारागार म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रकाशित: Jan 03, 2022| 09:38 सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।