काठमाडौं- झापा प्रहरीले ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। झापा मेचीनगर-६ स्थित बसपार्कबाट एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टाको संयुक्त टोलीले मोरङ रतुवामाई-५ बस्ने २६ वर्षीय लावन हाङ राईलाई पक्राउ गरको हो।
उनको साथबाट ४४ ग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ। उनीमाथि झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।