शुक्रबार, चैत ६, २०८२

केएमसीको बेसिक साइन्स भवनमा तालाबन्दी

काठमाडौं मेडिकल कलेजको दुवाकोटस्थित बेसिक साइन्स भवनमा विद्यार्थीले ताला लगाएका छन्।
 |  सोमबार, पुस १९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १९, २०७८

काठमाडौं- काठमाडौं मेडिकल कलेजको दुवाकोटस्थित बेसिक साइन्स भवनमा विद्यार्थीले ताला लगाएका छन्। कलेजले एमबीबीएसमा अध्ययनरत विद्यार्थीसँग तोकिएभन्दा बढी रकम असुल्न खोजेको भन्दै आन्दोलिन बनेका विद्यार्थी संगठनहरूले आइतबार संयुक्त रूपमा तालाबन्दी गरेका हुन्।

National life

कलेजमा अहिलेसम्म भारतीय र नेपाली गरी १५ विद्यार्थी मात्रै भर्ना भएका छन्। अन्य विद्यार्थी भने कलेजले अतिरिक्त रकम मागेको भन्दै आन्दोलित बनेका छन्। सोमबारदेखि विद्यार्थीहरूले आन्दोलनलाई थप चर्काउने चेतावनी दिएका छन्। सोमबार धर्ना पनि सुरु गर्ने विद्यार्थीहरूको चेतावनी छ।

कलेजले अहिले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा करिब १९ लाखसम्म बढी उठाउन खोजेको छ। यो रकम प्रत्येक विद्यार्थीबाट पाँच वर्षको अवधिमा उठाइने छ। 

सुनील शर्मा सञ्चालक रहेको केएमसी र नोबेल मेडिकल कलेजले होस्टेल शुल्क नै २४ हजार उठाइरहेको छ। र, विद्यार्थीहरूले अनिवार्य रुपमा कलेजकै होस्टेलमा बस्नुपर्ने बताएको छ।

प्रकाशित: Jan 03, 2022| 07:03 सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्