मंगलबार, भदौ २, २०८३

पेस्तोलसहित एक जना पक्राउ

महोत्तरीबाट सशस्त्र प्रहरीले युएस मेड लेखेको पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।
 |  सोमबार, पुस १९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १९, २०७८

पर्सा- महोत्तरीबाट सशस्त्र प्रहरीले युएस मेड लेखेको पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।

आइतबार साँझ महोत्तरी लुहारपट्टी–९ पिपरादी इलाकाबाट सशस्त्रको खुट्वा पिपरादी वेसबाट गएको छिन्नमस्ता बाहिनी मातहतको टोलीले पेस्तोलसहित सोही ठाउँका २४ वर्षीय युवकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा स्थानीय मोहमद राजा कवाडी रहेको सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिवासले जनाएको छ। कवाडीले बोकेको पेस्तोलसहित ९ एमएमको गोली पनि बरामद भएको प्रहरीले जनाएको छ। उनीमाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 03, 2022| 06:38 सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।