सोमबार, फागुन २५, २०८२

दक्षिण अफ्रिकाको संसद् भवनमा भएको आगलागीको छानबिन सुरु

अग्निनियन्त्रक, स्वयम्सेवक, सुरक्षाकर्मीलगायतले भवनमा लागेको आगो नियन्त्रणमा लिएपछि अहिले छानबिन सुरु भएको हो। दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसाले आइतबारदेखि नै घटनाका बारेमा छानबिन सुरु भइसकेको जानकारी दिए।
 |  आइतबार, पुस १८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस १८, २०७८

दक्षिण अफ्रिका- दक्षिण अफ्रिको संसद् भवनमा भएको आगलागीको घटनाको छानबिन सुरु भएको छ।  देशको सबैभन्दा पुरानो र दोस्रो ठूलो सहर केपटाउनमा रहेको दक्षिण अफ्रिकी संसद् भवनमा आइतबार आगलागी भएको थियो। 

National life

अग्निनियन्त्रक, स्वयम्सेवक, सुरक्षाकर्मीलगायतले भवनमा लागेको आगो नियन्त्रणमा लिएपछि अहिले छानबिन सुरु भएको हो। दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसाले आइतबारदेखि नै घटनाका बारेमा छानबिन सुरु भइसकेको जानकारी दिए।

छानबिनका लागि सरोकारवाला उच्च अधिकारीहरूसहितको टोली परिचालन गरिसकिएको पत्रकारहरूलाई बताए। उनले घटनाका बारेमा गम्भीर तरिकाले छानबिन गरी दोषी पत्ता लगाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे।

संसद् भवनमा भएको आगलागीका बारेमा केही व्यक्तिमाथि प्रश्न उठेको र त्यसको उचित उत्तर खोजिने उनको भनाइ थियो। 'हामीले घटनाका बारेमा यथार्थ थाहा पाउन गहिरो छानबिन गर्न आवश्यक छ, साथै आगामी दिनमा यस्ता घटना नहुनका लागि पनि दोषीलाई कारबाही हुनुपर्दछ,' उनले भने। 

आगलागीबाट क्षतिग्रस्त संसद् भवन अगाडि पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले संसद्को सभा हलबाट आगलागी सुरु भएको पाइएको जानकारी दिए। स्थानीय समयअनुसार बिहान ५.०३ मा आगलागी सुरु भएको प्रारम्भिक विवरणबाट पत्ता लागेको उनले बताए। आगलागीका कारण अहिलेसम्म यकिन हुन नसकेको पनि उनले जानकारी दिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 02, 2022| 23:30 आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।