शुक्रबार, चैत ६, २०८२

स्वस्थ बच्चा जन्माउन ध्यान दिनुपर्ने ६ कुरा

विवाहित दम्पत्तीले सन्तानको तयारी गर्नुअघि योजना बनाउनुपर्छ। हाम्रो समाजमा गर्भवती भएपछि एकैपटक चिकित्सकोमा गएर जँचाउन जाने चलन छ।
 |  सोमबार, पुस १९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १९, २०७८

काठमाडौं- विवाहित दम्पत्तीले सन्तानको तयारी गर्नुअघि योजना बनाउनुपर्छ। हाम्रो समाजमा गर्भवती भएपछि एकैपटक चिकित्सकोमा गएर जँचाउन जाने चलन छ। तर, सन्तानको योजना बनाउनुअघि नै दम्पतीहरु चिकित्सकसँग परामर्श गर्नुपर्छ। शरीरमा के–कस्ता समस्या, रोग वा इन्फेक्सन भइरहेका छन्, थाहा पाउन पनि स्त्रीरोग विशेषज्ञलाई देखाउन जरुरी छ। नियमित जाँच गर्नाले महिलाहरुमा बाँझोपन छ वा छैन भन्ने कुरा जानकारी हुन्छ भने स्वस्थ बच्चा जन्माउन पनि सहयोग पुग्छ।

National life

यी ६ प्रश्‍नमा ध्यान दिनुस् :

१. प्रजनन क्षमता बढाउन जीवनशैलीमा परिवर्तन गर्न जरुरी छ?

धेरै तनावका कारण शुक्राणु र अण्डामा नकरात्मक असर पर्न सक्छ। स्वस्थ जीवनशैली अपनाए प्रजनन स्वास्थ्य पनि राम्रो हुन्छ। योग, ध्यान, शरीरिक व्यायाम गर्दा पनि यसले राम्रो नतिजा दिन्छ। मोटोपनाले धेरैजसो महिलाहरुमा गर्भपतन, उच्च रक्तश्राव तथा डाइबेटिजजस्ता रोगहरु हुने सम्भावना रहन्छ। पुरुषहरुले धेरै गर्मीमा जान कम गर्नुपर्छ। साउना बाथ, धुम्रपान तथा मदिरापानबाट टाढै रहनुपर्छ।

२. के धेरै समयदेखि गर्भवती हुन कोसिस गरिरहेको हो?

Laxmi sunrise bank
kumari

यदि तपाईं ३० वर्ष माथि हुनुहुन्छ भने तपाईंको चिकित्सकले प्रजनन स्वास्थ्यको मूल्याङ्कन गर्न थाल्छन्। यदी तपाईंको महिनावारी समयमै भइराखेको छ भने गर्भवती बन्न सहज हुन्छ। जबसम्म महिनावारी भइरहन्छ, तबसम्म प्रजनन स्वास्थ्य राम्रो तथा गर्भवती हुने सम्भावना रहिरहन्छ। तपाईं र तपाईंको पार्टनरले केही पनि परिवार नियोजनको साधन प्रयोग नगरी यौन सम्पर्क राख्नुपर्दछ।

३. यौन सम्पर्कबाट सर्ने रोगले गर्भवती बन्‍नबाट रोक्छ?

यौन सम्पर्कमा रहेका हरेक महिलाले नियमित डाक्टरलाई देखाउन जरुरी हुन्छ। यौन सम्पर्कबाट हुने रोगले बच्चा बस्ने ठाउँ रोकेको छ वा छैन बुझ्न जरुरी हुन्छ। त्यस्तै कुनै क्यान्सर वा अन्य रोग छ–छैन जाँच्न पनि जरुरी हुन्छ।

४. के स्वास्थ्य अवस्थाले प्रजनन स्वास्थ्यमा असर गर्छ?

थाइराइड, पिसिओएसजस्ता समस्याका कारण महिनावारीमा समस्या हुने गर्दछ। यसको कारणले गर्भवती हुने सम्भावना पनि कम गर्दछ। यदी महिनावारीको समयमा धेरै दुख्ने वा समयमै हुँदैन भने इन्डोमेट्रियोसिसलाई देखाउन जरुरी हुन्छ।

५. बच्चा बस्‍न गाह्रो भए कस्तो जाँच गराउने?

स्त्रीरोग विशेषज्ञले अन्य कुनै जाँच गर्नु अगाडि कहिले महिनावारी भएको, नियमित हुन्छ(हुँदैन, परिवार नियोजन साधनको प्रयोग, पहिलो गर्भवती भएको अवस्था, गर्भपतनजस्ता कुराहरुको जाँच गर्दछ। सुरुमा हर्मोनको जाँच र प्रजनन अंगको जाँच हुन्छ। त्यसपछि पाठेघरमा रहेका अण्ड, शुक्रकिटको जाँच, फ्यालोपिन ट्युबको जाँच गर्नुपर्छ।

६. कोरोनाविरुद्धको खोपले सन्तानको योजनालाई असर गर्छ?

कोरोना खोपले परिवार योजना गरिरहेका महिलाहरुलाई कुनै असर गर्दैन। खोपको मात्रा सक्नु अगाडि नै योजना गर्दा पनि केही असर गर्दैन। कोरोना महामारीले गम्भीर प्रकारको असर गर्ने हुनाले जति सकिन्छ चाँडै खोप लगाउँदा राम्रो हुन्छ।


प्रकाशित: Jan 03, 2022| 04:30 सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्