मंगलबार, भदौ २, २०८३

आज तोल ल्होसार, कसरी मनाइन्छ यो पर्व?

सबैभन्दा पुरानो ल्होसार तोल ल्होसार हो। तोलको अर्थ समयचक्र हुन जान्छ। त्यसैले यस ल्होसारलाई समयचक्र संवत्सर पनि भनिन्छ।
 |  सोमबार, पुस १९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १९, २०७८

काठमाडौं- सबैभन्दा पुरानो ल्होसार तोल ल्होसार हो। तोलको अर्थ समयचक्र हुन जान्छ। त्यसैले यस ल्होसारलाई समयचक्र संवत्सर पनि भनिन्छ।

नेपालका हिमाली जिल्लाहरु डोल्पा, मुगु, मनाङ्ग, हुम्ला, जुम्ला, र तिब्बत तथा भुटानका वा भुटानी मूल भएर नेपालमा बसोबास गर्ने मानिसहरुले प्रत्येक वर्ष पौष शुक्ल प्रतिपदाको दिनमा रमाईलो गरि धुमधामका साथ मनाउने गर्दछन। सोनाम ल्होसार मनाए जसरी मनाइने यो चाडको दिन मात्र फरक हुने गर्दछ।

दुईवटा शब्द 'लो’ 'सार’ मिलेर बनेको ल्होसारको अर्थ भोट, भुटानी, शेर्पाली, डोल्पाली, इत्यादि भाषा अनुरुप 'लो’ को अर्थ वर्ष र 'सार’को अर्थ नयाँ भन्ने बुझिन्छ। खासगरी यो चाड वा पर्व नयाँ बर्षको आगमनको लागि मनाउने गरिन्छ। ल्होसारलाई लोसार, ल्होछार पनि भन्ने गरेको पाइन्छ। मुख्यतया हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले मनाउने चाडपर्व हो।

आजको दिन घर आगन लिपपोत गरी शुद्ध पारिन्छ र स्नान गरी पुजा गरिन्छ। लामा पुरोहितबाट वा घरको मुल व्यक्तिबाट पुजा आजा गराई गहुँको पिठो आकाशतर्फ उडाएर देवीदेवताको विजय र भुत प्रेतको पराजय होस् भनि प्रार्थना गरिन्छ। अनि अग्रज तथा मान्यजनबाट आशिर्वाद लिँदै फुरौला,बाबरी रोटी, कन्दमुल आदि ग्रहण गरिन्छ।

प्रकाशित: Jan 03, 2022| 05:45 सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।