मंगलबार, भदौ २, २०८३

पाल्पा बस दुर्घटनाका मृतकको सनाखत

पाल्पा बस दुर्घटनाका ६ मृतकको सनाखत भएको छ। सात जनामध्ये एक जनाको सनाखत हुन सकेको छैन। सनाखत हुनेमा अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–२ का चार जना रहेका छन्।
 |  आइतबार, पुस १८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस १८, २०७८

पाल्पा- पाल्पा बस दुर्घटनाका ६ मृतकको सनाखत भएको छ। सात जनामध्ये एक जनाको सनाखत हुन सकेको छैन। सनाखत हुनेमा अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–२ का चार जना रहेका छन्। 

मालारानीका २८ वर्षीय भोजेन्द्र विश्वकर्मा, सोही स्थानका २५ वर्षीय शंकर विश्वकर्मा, सोही स्थानका २६ वर्षीय मोहन कुँवर र ३३ वर्षीय अर्जुन सुनार रहेका छन्। त्यस्तै रुपन्देही जिल्लाको बुटवल उपमहानगर–११ का ३२ वर्षीय विजय थापा, बुटवल–१७ का ३० वर्षीय पशुपति रसाली, सोही स्थानका खुमबहादुर राना रहेको  जिल्ला प्रहरी कार्यालप पाल्पाले जनाएको छ। 

बुटवलबाट रिडी शव बोकेको पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा बुटवलबाट रिडीतर्फ गएको लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भई ६० मिटर तल खस्दा दुर्घटना भएको हो। बुटवलबाट वीरबहादुर विश्वकर्माको शव बोकेर रिडीमा लगिएको बस दुर्घटना भएको थियो। 

दुर्घटनाबाट परी १६ जना घाइते भएका छन्। घाइतेको लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए। 

ओरालो घुम्तीमा बस दुर्घटना भएको छ। चिप्लो सडकमा ओभर स्पिडले गर्दा दुर्घटना भएको प्रहरीको ठमाइ छ। घाइतेलाई स्थानीयवासिन्दा र प्रहरीले समयमा उद्धार गरे पनि शव निकाल्न समस्या भएको थियो। बसले च्यापिएको शव डोजर प्रयोग गरी निकालिएको थियो।

प्रकाशित: Jan 02, 2022| 18:00 आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।