शनिबार, असोज ३१, २०८३

कलाकार बलेले भने- प्रिज्मा र प्रिन्सी मिल्ने साथी मात्रै हुन्

मोडल तथा हाँस्यकलाकार सागर लम्साल 'बले’ले मोडल प्रिज्मा खतिवडा मिल्ने साथी मात्र भएको बताएका छन्। 'हो हो नि माया’ म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा उनले प्रिज्मासँग 'ब्रेकअप’ भएको भन्ने खबर गलत भएको दाबी गर्दै भने,'हामीहरु अहिले पनि मिल्ने साथी हो।’
 |  आइतबार, पुस १८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस १८, २०७८

काठमाडौं- मोडल तथा हाँस्यकलाकार सागर लम्साल 'बले’ले मोडल प्रिज्मा खतिवडा मिल्ने साथी मात्र भएको बताएका छन्। 'हो हो नि माया’ म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा उनले प्रिज्मासँग 'ब्रेकअप’ भएको भन्ने खबर गलत भएको दाबी गर्दै भने,'हामीहरु अहिले पनि मिल्ने साथी हो।’

आफ्नै पारिवारिक कारणले केही महिनादेखि मिडियाबाट टाढिएका सागरले भने, 'प्रिज्मा र प्रिन्सीको अन्तर्वार्ता हेरें। उहाँहरु निकै भावुक हुनुभएको थियो। रुने प्रिन्सी, माफी माग्‍ने प्रिज्मा र गाली खाने म भएँ।’

आफ्नो विवाहको विषयलाई लिएर हल्ला चलेकोप्रति उनी नै अनभिज्ञ रहेको बताए। विवाहको कुनै योजना नबनाएको सागरले आफैं नै दोधारमा परेको बताए। मिल्ने साथी भएको स्पष्टीकरण दिँदै उनले भने, 'प्रिज्मा र प्रिन्सी फरक भए पनि मेरा लागि एकै हुन्,मिल्ने साथी।’

प्रेममा धोका खाएका कारण दुब्लाएको हो भन्ने प्रश्नमा सागरले पहिलेको तुलनामा तीन किलो बढेको बताए । उनले भने, 'प्रेममा धोका कसले खायो? मैले बुझिनँ। उहाँहरु मिल्ने साथी हो, अन्यथा केही होइन हामी प्रेम सम्बन्धमा छैनौं।’

प्रेम नै नभएर ब्रेकअप भएको हल्ला खेप्‍नु परेको सागरले गायक एस कुमारको 'तिम्रो मन बदलिएछ’ गीतमा प्रिज्मा र प्रिन्सीसँग अभिनय गरेका थिए। उनले छिट्टै 'तिम्रो मन बदलिएछ २’ को सिरिजसँगै तीनैजना हुने जानकारी पनि दिए। 


प्रकाशित: Jan 02, 2022| 17:45 आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।