मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जो पिताको किरिया बस्दै थिए, उनैले गुमाए दुर्घटनामा ज्यान

जो पिताको किरिया बस्दै थिए, उनैले गुमाए दुर्घटनामा ज्यान

मलामी बोकेर बुटवलबाट पाल्पाको रिडी जाँदै गरेको बस पाल्पाको लगुवामा दुर्घटना हुँदा मृत्यु भएका ७ जनामध्ये तीन जनाको सनाखत भएको छ।
 |  आइतबार, पुस १८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस १८, २०७८

काठमाडौं– मलामी बोकेर बुटवलबाट पाल्पाको रिडी जाँदै गरेको बस पाल्पाको लगुवामा दुर्घटना हुँदा मृत्यु भएका ७ जनामध्ये तीन जनाको सनाखत भएको छ।

उनीहरु बुटवल–११ बुद्धनगरका वीरबहादुर विकको शवको अन्त्येष्टिका लागि रिडी जाँदै थिए। ३६ जना चढेको लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडक खण्डअन्तर्गत पाल्पाको रिब्दिकोट–२ लगुवामा बिहान ११ बजेतिर दुर्घटनामा परेको थियो।

दुर्घटनामा मृत्यु भएकामध्ये बुटवल बुद्धनगरका लालबहादुर विक, पशुपति रसाइली र विजय थापा क्षेत्रीको खनाखत भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका डीएसपी मोहन खाणले जानकारी दिए।

मलामी गएका उमेश कुँवरका अनुसार मृतक लालबहादुर वीरबहादुरका छोरा हुन्। प्रहरीले भने यसबारे अझै पुष्टि हुन बाँकी रहेको बताएको छ। मृतक विक परिवार अर्घाखाँचीको मरेङबाट बुटवलमा बसाइँ सरेर बुटवल आएका थिए।

बस सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको थियो। दुर्घटनामा घाइतेमध्ये गम्भीर घाइते १० जनाको मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ।


प्रकाशित: Jan 02, 2022| 14:10 आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।