शनिबार, असोज ३१, २०८३

आफूलाई पछाडिबाट ङ्याक्नेलाई राजेशपायलले भने– टिकटकमा भाइरल हुन गर्नुभएको होला

गायक राजेशपायल राईको एउटा भिडियो अहिले भाइरल भइरहेको छ।
 |  आइतबार, पुस १८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस १८, २०७८

काठमाडौं– गायक राजेशपायल राईको एउटा भिडियो अहिले भाइरल भइरहेको छ। भिडियो अमेरिकामा खिचिएको हो। अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा भाग लिन अमेरिका गएका राई एउटा कार्यक्रममा गीत गाइरहेका हुन्छन्।

स्टेज अगाडि र पछाडिबाट पनि केही भिडियो क्यामेरा र मोबाइल उनीतिर तेर्सिएका छन्। सानो हलमा रहेका सहभागीलाई हौस्याउँदै उनी गीत सुरु गर्छन्।

‘अञ्जानमै भुल भयो कि’ गीत गाइरहेका राजेशपायललाई एक मिनेटजति पछि स्टेजकै एक कुनामा रहेका व्यक्तिले पछाडिबाट अंगालो हाल्छन् र अँचेटेर पछाडि लैजान्छन्। त्यसपछि म्युजिक रोकिन्छ र हल्लाखल्ला हुन्छ। ती व्यक्तिलाई दुई तीन जनाले बाहिर निकाल्छन्। सहभागीहरुले राजेशजी कन्टिन्यु प्लिज भन्दै हुटिङ गरेपछि म्युजिक फेरि सुरु हुन्छ।

राजेश गाउने कि नगाउने अन्योलमा पर्छन् र केहीबेरमा गाउन थाल्छन्। 

गीत सकिएपछि राजेशले भनेका छन्,– थ्यांक यु, केही छैन। पछाडिबाट आएको अंगालो पनि मिठै लाग्छ। अगाडिबाट आएको चैं ज्वालामुखी पनि म निल्छु जस्तो लाग्छ। तर मलाई पछाडिबाट आएको अंगालो झनै स्वीकार्य छ। राजेशपायल राई न कहिल्यै हार्न जान्दछ, न कहिल्यै भाग्न जान्दछ किनकी ऊ बुद्ध र सगरमाथाको देशको हो। टिकटकमा भाइरल हुन त्यसो गर्नुभएको होला। भाइरल चिज आफैंमा घिनलाग्दो हुन्छ। जीवनमा उहाँले सोचेर आत्महत्या गर्नुहुन्छ होला जस्तो लाग्छ।’

निकैबेर बोलेपछि उनी अर्को गीत गाउन थाल्छन्। 

कार्यक्रमपछि घटनाबारे कतै बोलेका छैनन् राजेशपायलले। १७ घण्टाअघि उनको आधिकारिक फेसबुक पेजमा न्युयोर्कको कार्यक्रमको भिडियो राख्दै उनले भनेका छन्, ‘तपाईंहरुको आशिर्वादले नै म भर्खर गीत गाउन जान्ने हुँदैछु। आशीष पाउँ है।’ कमेन्टमा समर्थकले उनलाई आक्रमण गर्ने व्यक्ति र आयोजकविरुद्ध आक्रोश पोखेका छन्।  

प्रकाशित: Jan 02, 2022| 13:41 आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...