शनिबार, जेठ २, २०८३

शिक्षण संस्था गाभ्ने प्रक्रिया अगाडि बढाउँदै चिकित्सा शिक्षा आयोग

चिकित्सा शिक्षा आयोगले शिक्षण संस्थाहरु सार्ने तथा गाभ्ने प्रकृया अगाडि बढाउने भएको छ।
 |  आइतबार, पुस १८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस १८, २०७८

काठमाडौं– चिकित्सा शिक्षा आयोगले शिक्षण संस्थाहरु सार्ने तथा गाभ्ने प्रकृया अगाडि बढाउने भएको छ। राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ को (नियम ३९) बमोजिम शिक्षण संस्था गाभिन सक्ने व्यवस्थाको कार्यान्वयनका लागि मापदण्ड तयार गर्ने कार्य भइरहेको आयोगले जनाएको छ।

National life

मापदण्ड तयार गर्न आयोगले सरोकारवाला निकायसँग राय–सुझाव माग गरेको छ। आयोगले सबै विश्वविद्यालय, शिक्षण संस्था र सम्बद्ध सरोकारवालालाई यही पुुस २२ गतेभित्र रायसुझाव उपलब्ध गराउन भनेको छ। 

शिक्षण संस्था गाभिन सक्नेबारे चिकित्सा शिक्षा नियमावलीमा यस्तो छ व्यवस्था

१) आयोगले स्वीकृत गरेको मापदण्ड बमोजिम कुनै विश्वविद्यालय अन्तर्गतका दुई वा सो भन्दा बढी शिक्षण संस्था गाभिन चाहेमा सम्बन्धित विश्वविद्यालयले गाभ्न सक्नेछ।

२) आयोगले स्वीकृत गरेको मापदण्ड बमोजिम फरक–फरक विश्वविद्यालय अन्तर्गतका दुई वा सो भन्दा बढी शिक्षण संस्था एक अर्कोमा गाभिन चाहेमा आयोगले स्वीकृति दिन सक्नेछ।

३) उपनियम (१) वा (२) वमोजिम कुनै शिक्षण संस्था अर्को शिक्षण संस्थामा गाभिएमा त्यसरी गार्भिएको शिक्षण सँस्था र सो अन्तर्गतका संकाय, शिक्षक, कर्मचारी तथा विद्यार्थी गाभ्ने शिक्षण संस्थाको हुनेछ।

४) यस नियम बमोजिम गाभिएको शिक्षण संस्थाको चल, अचल सम्पत्ति, त्र्रण तथा अन्य दायित्वको सम्बन्धमा त्यस्तो शिक्षण संस्था गाभिँदा कुनै सम्झौता भएको रहेछ भने सोही बमोजिम र सम्झौता नभएको अवस्थामा त्यस्तो गाभ्ने शिक्षण संस्थामा स्वतः हस्तान्तरण हनेछ।


प्रकाशित: Jan 02, 2022| 12:30 आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्