मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मलामी बोकेको बस दुर्घटना हुँदा पाल्पामा सात जनाको मृत्यु

मलामी बोकेको बस दुर्घटना हुँदा पाल्पामा सात जनाको मृत्यु

पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।
 |  आइतबार, पुस १८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस १८, २०७८

काठमाडौं- पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस पाल्पाको पाल्पा रिब्दिकोट-२ लगुवामा दुर्घटनाग्रस्त भएको छ। 

लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ८ जना घाइते भएका छन्।

घटनास्थलमा पुगेर प्रहरी पुगेले उद्धार कार्य थालेको छ। बसमा ३५ जना मलामी रहेको बताइएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित: Jan 02, 2022| 12:18 आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।