शुक्रबार, असोज १६, २०८३

सुनको मूल्य आज पनि बढ्यो

सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९३ हजार ४०० तोकिएको छ।
 |  आइतबार, पुस १८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस १८, २०७८

काठमाडौं– सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९३ हजार ४०० तोकिएको छ।

अघिल्लो दिन प्रतितोला रु. ९२ हजार ७०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु. ७०० ले उकालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९२ हजार ९०० तोकिएको छ, जसको मूल्य गत शुक्रबार प्रतितोला रु. ९२ हजार २०० थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १० ले बढेर रु. एक हजार २७० पुगेको महासंघले जनाएको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२९ डलर आसपास कारोबार भइरहेको छ।

नेपाली बजारमा शुक्रबार पनि सुन र चाँदी दुवैको मूल्य बढेको थियो।

प्रकाशित: Jan 02, 2022| 11:40 आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्