मंगलबार, भदौ २, २०८३

सौर्य एयरलाइन्सकी कर्मचारी ५० लाखसहित पक्राउ

त्रिभुवन विमानस्थलबाट सौर्य एयरलाइन्सकी कर्मचारी स्रोत नखुलेको ५० लाख नगदसहित पक्राउ परेकी छन्।
 |  आइतबार, पुस १८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस १८, २०७८

काठमाडौं- त्रिभुवन विमानस्थलबाट सौर्य एयरलाइन्सकी कर्मचारी स्रोत नखुलेको ५० लाख नगदसहित पक्राउ परेकी छन्। काठमाडौंस्थित एयरलाइन्सको असिस्टेन्टको रूपमा कार्यरत रेखा शाक्य पोखरेललाई विमानस्थल प्रहरीले उक्त रकमसहित पक्राउ गरेको हो।

शनिबार दिउँसो विराटनगरबाट काठमाडौं आएको जहाजमा स्रोत नखुलेको रकम रहेको सूचनाका आधारमा सादा पोसाकमा खटिएको प्रहरीले चेकजाँच गर्दा १ हजार दरका  ४९५० वटा र ५०० दरका  १०० वटा गरी जम्मा ५० लाख नगद बरामद भएको प्रहरीले जनाएको छ।

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीलाई प्राप्त भएको गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा  रातो रंगको ब्याग चेकजाँच गर्दा उक्त ब्याग भित्र लुकाई छिपाई राखेको नगद बरामद भएको थियो । 

झोलाभित्र करेन्ट चाउचाउ लेखिएको कार्टुनभित्रको सो रकम भन्सार उद्‍घोष भएको नपाइएको प्रहरीको भनाइ छ।  उक्त रकम संकलन गर्न आउने पोखरेललाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन पठाइएको विमानस्थल प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 02, 2022| 11:36 आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।