मंगलबार, भदौ २, २०८३

पत्रकार नानीरामको परिवारलाई ११ लाख सहयोग

कलिलो उमेरमा मृत्यु भएका प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकका सहसंयोजक एवम् नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका सहसचिव नानीराम नेपालका परिवारलाई ११ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ।
 |  आइतबार, पुस १८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस १८, २०७८

काठमाडौं– कलिलो उमेरमा मृत्यु भएका प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकका सहसंयोजक एवम् नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका सहसचिव नानीराम नेपालका परिवारलाई ११ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ। एमाले पोलिटब्युरो सदस्य अरुण नेपाल र प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष माधव नेपालले शनिबार सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित नेपालकै घरमा पुगेर परिवारलाई रकम हस्तान्तरण गरेका हुन्।

प्रेस चौतारी सिन्धुपाल्चोकको संयोजनमा संकलित रकम नानीरामका बालबच्चालाई पठनपाठनका लागि सहयोग गरिएको हो। उक्त रकम दुई सय जना व्यक्ति तथा संस्थाले सहयोग गरेका थिए।  हस्तान्तरण कार्यक्रममा चौतारीका वरिष्ठ उपाध्यक्ष माधव नेपालले संगठनले एक असल योद्धा गुमाएकोमा दुःख व्यक्त गरेका थिए। उनले  चौतारी सिन्धुपाल्चोकले गरेको यो अभियानको प्रशंसा पनि गरेका थिए।

नानीरामको परिवारलाई व्यक्तिगत रुपमा सबैभन्दा बढी राप्रपा जिल्ला अध्यक्ष नीलध्वज थापाले ५० हजार र संस्थागत रूपमा नेकपा एमाले बलेफी गाउँ कमिटीले एक लाख रुपैयाँ सहयोग गरेका थिए। पत्रकार नेपालको ४५ औं पुण्य तिथिका अवसर पारेर चौतारीले श्रद्धाञ्जलीसभा पनि गरेको थियो। ३२ वर्षीय पत्रकार नेपाललाई मंसिर २ गते हृदयाघात भएको थियो। उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको थियो। उनको परिवारमा आमा–बुबा, श्रीमती‚ ६ वर्षीया छोरी र डेढ वर्षीय छोरा छन्।



प्रकाशित: Jan 02, 2022| 10:56 आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।