शुक्रबार, चैत ६, २०८२

काठमाडौंका दुई अस्पतालमा फाइजर खोप दिइँदै

स्वास्थ्य कार्यालय काठमाडौंले आज वीर अस्पताल र छाउनीस्थित नेपाली सेनाको अस्पतालमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप दिने भएको छ।
 |  आइतबार, पुस १८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस १८, २०७८

काठमाडौं– स्वास्थ्य कार्यालय काठमाडौंले आज वीर अस्पताल र छाउनीस्थित नेपाली सेनाको अस्पतालमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप दिने भएको छ। 

National life

स्वास्थ्य कार्यालयले बिहान ९ बजे देखि अपराह्न ३ बजेसम्म खोप दिइने बताएको छ। यसअघि पहिलो डोज लगाइसकेर दोस्रो डोज लगाउन बाँकी बालबालिकालाई यो खोप दिन लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका अनुसार यसअघि पहिलो डोज लगाएका तर दोस्रो डोज लगाउन बाँकी १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई आज वीर अस्पताल र छाउनी अस्पतालमा खोप लगाउने व्यवस्था मिलाइएको बताए।

सरकारले पुस १२ गतेदेखि काठमाडौंसहित २० जिल्लामा १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोभिडविरुद्ध फाइजर खोप दिने निर्णय गरेको थियो । त्यस अनुसार नयाँ अभियान सुरु भने भइसकेको छैन ।

सिरिन्ज अभावको कारण यो अभियान रोकिएको छ। सरकारले ५७ वटा जिल्लाका बालबालिकाहरूलाई भने मोडर्ना खोप दिइरहेको छ।

प्रकाशित: Jan 02, 2022| 10:56 आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्