मंगलबार, भदौ २, २०८३

गर्भवतीको हवाई उद्धार

डिकुवामा स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका २६ वर्षीया भीमादेवी राईको शनिबार हवाई उद्धार गरिएको छ।
 |  आइतबार, पुस १८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस १८, २०७८

खोटाङ- डिकुवामा स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि  हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका २६ वर्षीया भीमादेवी राईको शनिबार हवाई उद्धार गरिएको छ। 

उल्टोबाट नवजात शिशु जन्मिने लक्षण देखिएपछि स्वास्थ्यचौकीले तत्काल काठमाडौं  रिफर गरेको जनाइएको छ। 

काठमाडौं थापाथलीस्थित प्रसूतिगृहमा शल्यक्रिया गरेर नबजात शिशु निकालिए पनि शिशु जीवित नरहेको भीमादेवीका श्रीमान् प्रविन राईले जानकारी दिए। 

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई भीमादेवीको हवाई उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जानकारी दिए।  

आर्थिक वर्ष २०७५/७६ देखि जिल्लामा सुरुआत भएको यस कार्यक्रमअन्तर्गत हालसम्म २४ गर्भवतीको उद्धार गरिएको छ।

प्रकाशित: Jan 02, 2022| 10:25 आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।