मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, चार जना घाइते

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, चार जना घाइते

सप्तरीको सप्तकोशी नगरपालिका–४, तुलसीटोलमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा दुवै चाकलको ज्यान गएको प्रहरीले जनाएको छ।
 |  आइतबार, पुस १८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस १८, २०७८

काठमाडौं- सप्तरीको सप्तकोशी नगरपालिका–४, तुलसीटोलमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा दुवै चाकलको ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चारजना घाइते भएका छन्। को२२प १५५८ नम्बरको मोटरसाइकल र स५प ३११८ नम्बरको मोटरसाइकल शनिबार साँझ करिब साढे ६ बजे आपसमा ठोक्किएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकहरू सप्तरीकै कञ्चनरूप नगरपालिका–७ का ३५ वर्षीय शुभाष बस्नेत र उदयपुरको चौदण्डीगढी नगरपालिका–९ का २८ वर्षीय हरिशंकर चौधरीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।

घाइते भएका दुवै मोटरसाइकलमा सवार चारजनाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

प्रकाशित: Jan 02, 2022| 10:15 आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।