मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रगतिशील लेखक संघको राष्ट्रिय सम्मेलन चैत २५ र २६ गते

प्रगतिशील लेखक संघको राष्ट्रिय सम्मेलन चैत २५ र २६ गते

नयाँ नेतृत्व चयनका लागि प्रगतिशील लेखक संघ नेपालको १२औं राष्ट्रिय सम्मेलन आगामी चैत २५ र २६ गते काठमाडौंमा हुने भएको छ।
 |  आइतबार, पुस १८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस १८, २०७८

काठमाडौं- नयाँ नेतृत्व चयनका लागि प्रगतिशील लेखक संघ नेपालको १२औं राष्ट्रिय सम्मेलन आगामी चैत २५ र २६ गते काठमाडौंमा हुने भएको छ।

संघका अध्यक्ष प्रा. डा. जीवेन्द्रदेव गिरीका अध्यक्षतामा शनिबार सम्पन्न केन्द्रीय समिति र तेस्रो राष्ट्रिय परिषद् बैठकले  सम्मेलनका लागि आयोजक समितिसहित विभिन्न उपसमिति गठन पनि गरेको छ। सङ्घले व्यवस्थापन, प्रकाशन, स्रष्टा सम्मान, प्रतिवेदन मस्यौदा, विधान मस्यौदा, प्रचार–प्रसार, स्वयंसेवक परिचालन र अतिथि सत्कार उपसमिति गठन गर्ने निर्णय गरेको छ। राष्ट्रिय सम्मेलनअघि आगामी फागुन महिनाभरि जिल्ला सम्मेलन र चैतको पहिलो हप्तासम्म प्रदेश सम्मेलन गरिने अध्यक्ष गिरीले बताए।

सम्मेलन तयारीका सन्दर्भमा अन्य प्रगतिशील घटकहरूलाई पनि समावेश गर्न अध्यक्ष गिरीको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ। सो समितिका सदस्यमा पूर्वअध्यक्ष मातृका पोखरेल, महासचिव समीर सिंह, उपमहासचिव आरसी न्यौपाने र सदस्य शालिग्राम तिमिल्सिना रहेका छन्। प्रलेस मुलुकका सबै वाम घटकमा आवद्ध स्रष्टाको पुरानो संस्था हो।

प्रलेस प्रतिभा पुरस्कारको अक्षयकोषमा वृद्धि गर्न आनन्ददेव भट्टकी जीवन सङ्गिनीले  थप दुई लाख तथा प्रलेस युवा प्रतिभा पुरस्कार स्थापनाका लागि अक्षयकोष स्थापनार्थ अध्यक्ष गिरीले एक लाख प्रदान गरेकोमा बैठकले धन्यवाद ज्ञापन गरेको छ। 

प्रकाशित: Jan 02, 2022| 09:48 आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।