मंगलबार, भदौ २, २०८३

रातको समयमा वीरगञ्जमा अवैध काठ बरामद

पर्सा जिल्लाका विभिन्न स्थानबाट पछिल्लो दुई दिनयता रातका समयमा अवैधरूपमा चोरी निकासी गरिएको काठ बरामद हुने क्रम जारी छ।
 |  आइतबार, पुस १८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस १८, २०७८

पर्सा- पर्सा जिल्लाका विभिन्न स्थानबाट पछिल्लो दुई दिनयता रातका समयमा अवैधरूपमा चोरी निकासी गरिएको काठ बरामद हुने क्रम जारी छ। 

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले राष्ट्रिय वनबाट अवैधरूपमा चोरी गरी घरमा राखिएको ६४.११ क्युफिट सालको काठ बरामद भएको छ भने सबडिभिजन वन कार्यालय सबैयाको टोलीले नौ थान सालको गोलिया  बरामद गरेको हो।

प्रहरी निरीक्षक रामकाजी थापा नेतृत्वको गस्ती टोलीले वीरगञ्ज माानगरपालिकाको वडा नं ३२ टोल रामवन बस्ने आइते विक, नरबहादुर विक, अर्जुन खत्री, टीका पौडेल, गोपाल पौडेलको घरमा छापमारी गरी ती काठ बरामद गरेको हो। 

सालको गोलाइ, चिरपट, चौकट, चिरान गर्ने दुईवटा मोटर मेसिन, साइकल, फर्निचर बनाउने सामानलगायत बरामद गरिएको प्रहरीले जनाएको छ।

सबडिभिजन वन कार्यालय सबैयाको टोलीले नौ थान सालको गोलिया बरामद गरेको हो। नौ साइकलमा लोड गरेर लैजाँदै गरेको अवस्थामा प्रहरी चौकी मिलनचोक अगाडिबाट सालको गोलिया बरामद गरेको सबडिभिजन वन कार्यालय पर्साका वन अधिकृत फरमान मियाँले जानकारी दिए। 

गोलिया ओसारपसार गर्ने क्रममा प्रहरीलाई देखेपछि साइकल र काठ छाडेर तस्कर फरार भएको उनको भनाइ छ। ‘काठ कसले कहाँबाट ल्याएको हो,’ भन्ने सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।

ती काठ र मेसिनलाई आवश्यक कारवाहीका लागि सबडिभिजन वन कार्यालय मधुवन मथवल बढनीहारमा राखिएको छ भने फरार व्यक्तिलाई पक्राउ गरी आवश्यक कारबाही गरिने प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 02, 2022| 08:45 आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।