मंगलबार, भदौ २, २०८३

बुधबारबाट पुनः वर्षा र हिमपातको सम्भावना

बुधबारबाट देशभर पुनः वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 |  आइतबार, पुस १८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस १८, २०७८

काठमाडौं- बुधबारबाट देशभर पुनः वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबारबाट पश्चिमी वायु पुनः सक्रिय हुने भएकाले वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको हो।

पश्चिमी वायु पुनः सक्रिय हुँदा हिमपात र वर्षा हुने सम्भावना रहेकाले जाडो बढ्ने महाशाखाको भनाइ छ। 

तर, बुधबारभन्दा अघि भने काठमाडौंको मौसम सफा रहने छ। केही समय बादल लागे पनि तत्काल हटेर घाम लाग्ने मौसमविद्हरूको भनाइ छ। 

आज पनि देशभर सामान्यतः मौसम सफा रहनेछ। आज मध्य तथा पूर्वी नेपालको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही भागमा हल्का हिमपातको सम्भावना रहे पनि अन्य क्षेत्रको मौसम भने सफा रहने छ।

प्रकाशित: Jan 02, 2022| 07:49 आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।