मंगलबार, भदौ २, २०८३

अत्यधिक बढ्यो चिसो, कति छ काठमाडौंको बिहानी तापक्रम?

केही दिन यता राजधानी काठमाडौंसहित देशैभर चिसो बढेको छ। वर्षा र हिमपात भएसँगै देशभर चिसो बढेको हो।
 |  आइतबार, पुस १८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस १८, २०७८

काठमाडौं- केही दिन यता राजधानी काठमाडौंसहित देशैभर चिसो बढेको छ। वर्षा र हिमपात भएसँगै देशभर चिसो बढेको हो।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै छ। त्यसैले पनि चिसो बढिरहेको छ। बुधबारबाट पश्चिमी वायु पुनः थप सक्रिय हुने भएकाले वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वर्षापछि काठमाडौंको न्यूनतम तापक्रम पनि घट्दो अवस्थामा छ। आज बिहान काठमाडौंको तापक्रम न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियस मापन गरिएको छ। दिउँसो काठमाडौंको तापक्रम १६–१८ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले जनाएको छ। बिहान बेलुकी चिसो बढे पनि आज दिउँसो काठमाडौंमा पारिलो घाम लाग्नेछ।

प्रकाशित: Jan 02, 2022| 07:25 आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।