दाङ- दाङमा कोठामा कोइला बालेर सुत्दा एक जनाको ज्यान गएको छ। घटनामा एक जनाको अवस्था गम्भीर रहेको छ।
कोइला बारेर सुतेका लमही नगरपालिका-९ अमिलियामा डेरा गरी बस्दै आएका प्युठानका २९ वर्षीय कुसुम सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार शुक्रबार राति श्रीमान्–श्रीमती कोठाको झ्याल ढोका बन्द गरेर कोइला बालेर सुतेका थिए। बिहान उठ्ने बेलासम्म कुसुमको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनकी श्रीमतीलाई भने प्रहरीले गम्भीर अवस्थामा अस्पताल पुर्याएको थियो। अहिले उनको स्वास्थ्यवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ।
कोइला बालेर सुत्दा कोठामा अक्सिजनको कमी भएपछि कुसुमको मृत्यु भएको अनुमान प्रहरीले गरेको छ।