काठमाडौं- उत्तर कोरियाली शासक किम जोन उनले देशको अर्थव्यवस्थामा सुधार गर्ने बताएका छन्। उत्तर कोरियाका सरकारी मिडियाले यसै हप्ता एक प्रमुख राजनीतिक सम्मेलनमा किमले गरेको भाषणमा सैन्य क्षमतालाई बलियो बनाउनुका साथै घरेलु विकास तथा कोरोना नियन्त्रणका उपायमा जोड दिने बताएका थिए।
उनले भाषणका क्रममा अर्थव्यवस्थामा सुधार गर्ने संकल्पसमेत लिएका थिए। तुरुन्त नै किमसँग अमेरिकाले वार्ता गर्ने सम्भावना छैन। त्यसैले कोरोना महामारीमा रहेको देशमा आन्तरिक अर्थतन्त्रलाई बलियो बनाउँदै अगाडि बढ्ने रणनीतिमा किम रहेको बताइएको छ।
शासनको १० वर्ष पुगेको अवसरमा शनिबार गरिएको एक सम्बोधनमा किमले एटमी हतियार तथा अमेरिकाको तुलनामा घरेलु विकास, कारखाना तथा स्कुल युनिफर्ममा जोड दिएका छन्।
उनले २०२२ मा उत्तर कोरियाको मुख्य लक्ष्य आर्थिक विकास तथा जनताको जीवन सुधार्नु रहने बताएका थिए। किनकि उत्तरकोरीयामा मानिसहरू चरम भोकमरीको सामना गरिरहेका छन्।