बिहीबार, साउन ७, २०८३

दिल्लीमा बढ्यो वायु प्रदूषणको गुणस्तर

नयाँ वर्षको पहिलो दिन नै भारतको राजधानी नयाँ दिल्लीको वायु प्रदुषण बढेको छ। दिल्लीमा शनिबार एक्युआई ४१ अंकले बढेर ३ सय ६२ मापन गरिएको छ।
 |  आइतबार, पुस १८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस १८, २०७८

काठमाडौं- नयाँ वर्षको पहिलो दिन नै भारतको राजधानी नयाँ दिल्लीको वायु प्रदुषण बढेको छ। दिल्लीमा शनिबार एक्युआई ४१ अंकले बढेर ३ सय ६२ मापन गरिएको छ। शुक्रबार दिल्लीमा ३ सय २१ एक्युआई रहेको थियो। 

वायु प्रदुषण भएसँगै दिल्लीको हावा निकै विषाक्त बनेको छ। तर, वायु गुणस्तर मापन गर्ने एजेन्सीका अधिकारीहरूले मनसुनी सक्रियताका कारण वायुको गुणस्तरमा आगामी तीन दिनसम्म सुधार हुँदै जाने जनाएका छन्।

दिल्लीस्थित मौसम पूर्वानुमान महाशाखाका अनुसार उत्तर-पश्चिम दिशामा आउने बरफ युक्त हावाका कारण स्थानीय स्तरमा प्रदूषणको स्तर बढिरहेको छ। 

भारतीय उष्ण देशीय मौसम विज्ञान संस्थाका अनुसार शनिबार हावाको रफ्तार चार किलोमिटर प्रतिघण्टा मापन गरिएको थियो। य

हाल दिल्लीमा बायु प्रदूषणको स्तर ३ सय ६२, फरीदाबादमा ३ सय ९, गाजियाबादमा ३ सय ५२, ग्रेटर नोएडामा २ सय ८१, गुरुग्राममा ३ सय ४० र नोएडामा ३ सय २१ मापन गरिएको छ।

प्रकाशित: Jan 02, 2022| 06:42 आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।