मंगलबार, भदौ २, २०८३

कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
 |  आइतबार, पुस १८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस १८, २०७८

धनगढी- कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी गस्ती टोलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो। 

पुनर्वास नगरपालिका-१० दोदापुलबाट कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ३३ वर्षीय सनम भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो।

उनले चलाएको से ३ प ४४९६ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा कालो प्लाष्टिक भित्र राखेको अवस्थामा नाइट्राभेट १५ ट्याब्लेट र स्पास लेखेको ४४ क्याब्सुल फेला पारेको प्रहरीले जनाएको छ। 

सोही मोटरसाइकलको पछाडी सवार सोही ठाउँ बस्ने २८ वर्षीया रितु भण्डारीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूमाथि कानुन बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रकाशित: Jan 02, 2022| 06:28 आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।