मंगलबार, भदौ २, २०८३

सिलवालको ‘चिबेचरा’ सार्वजनिक

कार्यक्रममा वक्ताहरूले पुस्तकबारे समीक्षा गर्दै ‘चिबेचरा’ समाजमा सीमान्तकृत र पछाडि पारिएका वर्गका पक्षमा लेखिएको बिम्बात्मक कविताको सङ्कलन भएको बताएका थिए।
 |  शनिबार, पुस १७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १७, २०७८

काठमाडौं- कवि केशव सिलवालको नयाँ कविताकृति ‘चिबेचरा’ सार्वजनिक भएको छ। ‘उन्मुक्त पुस्ता’द्वारा आयोजित कार्यक्रममा कवि विमल निभा, जनगायक माइला लामा, स्रष्टाहरू धनकुमारी सुनार र उज्ज्वल प्रसाईँले संयुक्तरूपमा पुस्तक सार्वजनिक गरेका हुन्।

कार्यक्रममा वक्ताहरूले पुस्तकबारे समीक्षा गर्दै ‘चिबेचरा’ समाजमा सीमान्तकृत र पछाडि पारिएका वर्गका पक्षमा लेखिएको बिम्बात्मक कविताको सङ्कलन भएको बताएका थिए।

कार्यक्रममा मुक्तान थेवे, छम गुरुङ, सङ्गीता उराव, केवल बिनाबीले कृतिभित्रका कविता वाचन गरेका थिए। प्रगतिवादी खेमाका सशक्त कवि सिलवालको यसअघि ‘वर्जित अवशेष’, ‘धारिला मान्छेहरू’ कविता सङ्ग्रह प्रकाशन भइसकेको छ।

त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभागका उपप्राध्यापक ललितपुर निवासी सिलवाल अखिल नेपाल लेखक सङ्घ, प्रगतिशील लेखक सङ्घ, नागार्जुन साहित्यिक प्रतिष्ठानलगायत संस्थामा पनि आबद्ध छन्।

प्रकाशित: Jan 01, 2022| 21:07 शनिबार, पुस १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।