शुक्रबार, असोज १६, २०८३

काठमाडौं–सुर्खेत उडान सुरु गर्दै गुण एयरलाइन्स

काठमाडौँ–सुर्खेत उडानका लागि भाडादर तोकिसकेको छ। अनलाइन टिकटमा काठमाडौं–सुर्खेतका लागि ८ हजार ५४५, ९ हजार ५४५ र ११ हजार ४२० भाडादर तोकेको उक्त एयरलाइन्सले जानकारी दिएको छ।
 |  शनिबार, पुस १७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १७, २०७८

काठमाडौं- निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौँ–सुर्खेत व्यावसायिक उडान सुरू गर्न लागेको छ। सन् २०२२ को सुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो।

हाल बुद्ध एयरलाइन्सले मात्र काठमाडौँ–सुर्खेत रुटमा उडान गर्दै आएको छ। गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्ज्वल थापाले आइतबार (पुस १८ गते) देखि १८ सिटे जहाजबाट उडान सुरुआत गर्न लागेको जानकारी दिए।

काठमाडौँ–सुर्खेत उडानका लागि भाडादर तोकिसकेको छ। अनलाइन टिकटमा काठमाडौं–सुर्खेतका लागि ८ हजार ५४५, ९ हजार ५४५ र ११ हजार ४२० भाडादर तोकेको उक्त एयरलाइन्सले जानकारी दिएको छ। 

दैनिक बिहान ८:३० बजे काठमाडौँबाट र सुर्खेतबाट ९:५० बजे उडान भर्ने जनाएको छ। 

प्रवक्ता थापाले यही पुस २६ गतेदेखि भने दिउँसो २:३० बजे काठमाडौँबाट र सुर्खेतबाट ३:५० बजे उडान गर्ने बताए। 

बुद्ध एयरले भने दैनिक बिहान ७:२० बजे काठमाडौँबाट सुर्खेतका लागि उडान भर्दै आएको छ।

प्रकाशित: Jan 01, 2022| 16:27 शनिबार, पुस १७, २०७८
प्रतिक्रिया दिनुहोस्