शुक्रबार, चैत ६, २०८२

३८२ संक्रमित थपिए, २४ घण्टामा ५९ हजारलाई खोप

पीसीआर परीक्षणबाट ३४२ र एन्टिजेन परीक्षणबाट ४० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।
 |  शनिबार, पुस १७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १७, २०७८

काठमाडौं- नेपालमा थप ३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरि २० हजार ९५९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित भेटिएका हुन्।

National life

पीसीआर परीक्षणबाट ३४२ र एन्टिजेन परीक्षणबाट ४० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ। 

उक्त अवधिमा २५२ जना संक्रमणमुक्त भएका छन्। नेपालमा हाल ४९६९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५९ हजार ११२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

प्रकाशित: Jan 01, 2022| 16:16 शनिबार, पुस १७, २०७८
प्रतिक्रिया दिनुहोस्