बुधबार, फागुन २७, २०८२

माली हमलामा ८ सैनिकको मृत्यु, ७ घाइते

अफ्रिकी देश मालीको पश्चिमी भागमा बुधबार भएको आक्रमणमा मारिएका सैनिकहरूको संख्या ८ पुगेको छ। माली सशस्त्र बलका अनुसार घटनामा परी ७ जना घाइते भएका छन्।
 |  शनिबार, पुस १७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १७, २०७८

माली- अफ्रिकी देश मालीको पश्चिमी भागमा बुधबार भएको आक्रमणमा मारिएका सैनिकहरूको संख्या ८ पुगेको छ। माली सशस्त्र बलका अनुसार घटनामा परी ७ जना घाइते भएका छन्। 

National life

बुधबार नारा गाउँमा भएको आक्रमणमा परी चार सैनिकको मृत्यु भएको थियो। तर शनिबारसम्ममा थप ४ जनाको पनि मृत्यु भएको सेनाले जनाएको छ।

'मृत्यु हुने सैनिकको संख्या हिजोसम्ममा ४ रहेकोमा आज ८ पुगेको छ। ७ सैनिक घाइते भएका छन् र ३ वटा सवारी साधन ध्वस्त भएका छन्से,' सेनाले वेबसाइटमा प्रकाशित प्रेस विज्ञप्तिमा जनाएअनुसारआक्रमणकारी तर्फ ३१ जनाको मृत्यु भएको र उनीहरूबाट हतियार र गोलाबारुद जफत गरिएको छ। मालीको वायुसेनाले गरेको हवाई हमलाका कारण आतङ्ककारीहरूको मृत्युको कुल संख्या अझै स्पष्ट हुन बाँकी छ।

मालीले संयुक्त राष्ट्रसंघ र फ्रान्सेली सेनाको उपस्थितिको बावजुद सन् २०१२ मा उत्तरी क्षेत्रमा शुरु भएको इस्लामवादी विद्रोहलाई नियन्त्रण गर्न संघर्ष गरिरहेको छ। यो द्वन्द्व मध्य माली, साथै छिमेकी बुर्किना फासो र नाइजरमा समेत फैलिएको छ।

प्रकाशित: Jan 01, 2022| 15:20 शनिबार, पुस १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।