शनिबार, असोज ३१, २०८३

भारतमा एकै दिन थपिए २२ हजार कोरोना संक्रमित

भारतमा एकै दिन ठूलो स‌ंख्यामा कोरोना संक्रमित थपिएका छन्। भारतमा ओमीक्रोन तीव्रगतिमा फैलिरहेको हो।
 |  शनिबार, पुस १७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १७, २०७८

काठमाडौं- भारतमा एकै दिन ठूलो स‌ंख्यामा कोरोना संक्रमित थपिएका छन्। भारतमा ओमीक्रोन तीव्रगतिमा फैलिरहेको हो। 

भारतमा आजसम्म ओमीक्रोनका १ हजार ४ सय ३१ संक्रमित फेला परिसकेका छन्। महाराष्ट्र र दिल्लीमा ओमीक्रोन तीव्र गतिमा फैलिरहेको हो।

महाराष्ट्रमा हालसम्म ४ सय ५४ जनामा ओमीक्रोन पुष्टि भइसकेको छ। ओमीक्रोनबाट भारतमा दुई जनाले ज्यान गुमाइसकेका छन्। दिल्लीमा समेत ३ सय ५१ जनामा ओमीक्रोन पुष्टि भएको छ। 

ओमीक्रोन पुष्टि भएका मध्ये ४ सय ८८ जना संक्रमण मुक्त भइसकेका छन्। भारतमा कोरोना संक्रमण पुन: तीव्र गतिमा फैलिरहेको छ। पछिल्लो २४ घन्टामा मात्रै २२ हजार नयाँ संक्रमित थपिएका छन्। सोही समयमा ८ हजार जना संक्रमण मुक्त भएका छन्। 

पछिल्लो २४ घन्टामा मात्रै ४ सय ६ संक्रमितले ज्यान गुमाएका छन्। हाल भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ४७ हजार ८१ पुगेको छ। 

प्रकाशित: Jan 01, 2022| 13:36 शनिबार, पुस १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।