मंगलबार, भदौ २, २०८३

गुण एयरलाइन्सले सुरु गर्दै काठमाडौं-सुर्खेत उडान

गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्ज्वल थापाले आइतबार देखि १८ सिटे जहाजबाट उडान सुरुआत गर्न लागेको जानकारी दिए।
 |  शनिबार, पुस १७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १७, २०७८

काठमाडौं- निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौं-सुर्खेत व्यावसायिक उडान सुरु गर्न लागेको छ। सन् २०२२ को सुरुआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो। हाल बुद्ध एयरलाइन्सले मात्र काठमाडौं-सुर्खेत रुटमा उडान गर्दै आएको छ।

गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्ज्वल थापाले आइतबार देखि १८ सिटे जहाजबाट उडान सुरुआत गर्न लागेको जानकारी दिए। 

काठमाडौं-सुर्खेत उडानका लागि भाडादर तोकिसकेको छ। अनलाइन टिकटमा काठमाडौं-सुर्खेतका लागि आठ हजार ५४५, नौ हजार ५४५ र ११ हजार ४२० भाडादर तोकेको उक्त एयरलाइन्सले दैनिक बिहान ८: ३० बजे काठमाडौंबाट र सुर्खेतबाट ९: ५० बजे उडान भर्ने जनाएको छ।

प्रवक्ता थापाले यही पुस २६ गतेदेखि भने दिउँसो २: ३० बजे काठमाडौंबाट र सुर्खेतबाट ३: ५० बजे उडान गर्ने बताए। बुद्ध एयरले भने दैनिक बिहान ७: २० बजे काठमाडौंबाट उडान भर्दै आएको छ। 

प्रकाशित: Jan 01, 2022| 12:35 शनिबार, पुस १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।