काठमाडौं- प्रहरीले गएराति लागुऔषध सहित चार युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका-६ बस्ने २७ वर्षीय शत्रुधन मुखिया, सर्लाही जिल्लाको लालबन्दी नगरपालिका-४ बस्ने १७ वर्षीय विरेन्द्र मुखिया, १८ वर्षीय सुरेश मुखिया र बरहथवा नगरपालिका-७ बस्ने १४ वर्षीय सुमन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।
गएराति करीब ८ बजे भारतको बिहार राज्यको सीतामढी जिल्लाको कन्हमा सहरबाट नेपाल आएका उनीहरुलाई औरही नगरपालिका-४ स्थित सडकमा शङ्का लागि जाँच गर्दा लागूऔषधसहित पक्राउ परेका हुन्।
प्रहरीले उनीहरुको साथबाट नेपालमा प्रतिबन्धित नाइट्राभेट ट्याब्लेट ३७५ पिस, स्पास्मो प्रो ८ पिस र डाइलेक्स सिरप ४ बोतल बरामद गरेको छ। उनीहरूलाई आज बिहान जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान अगाडि बढाएको बताइएको छ।