मंगलबार, भदौ २, २०८३

तीन महिला र दुई पुरुष ब्राउन सुगरसहित पक्राउ

दाङको तुलसीपुरबाट तीन महिला र दुई पुरुष प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्।
 |  शनिबार, पुस १७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १७, २०७८

दाङ- दाङको तुलसीपुरबाट तीन महिला र दुई पुरुष प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरले ५ ग्राम ७१० मिलिग्राम ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरिएको जनाएको छ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बरुवागाउँका २९ बर्षीय रुद्रमणि पोखरेल शर्मा, सोही ठाउँकी २४ बर्षीया उर्मिला चौधरी, तुलसीपुर ७ को सागरनगर टोलका ३० बर्षीय कैलाश नेपाली, वडा नम्बर ५ की १९ बर्षीया मन्दिरा थापा र सोही वडाकै १९ बर्षीया दीपु नेपाली रहेका छन्।

दुई दिनको अवधिमा पाँच जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको प्रहरीले ज नाएको छ। उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रकाशित: Jan 01, 2022| 11:20 शनिबार, पुस १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।