धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले आइतबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
२०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार पुस १८ गते आइतबार तीन जिल्लामा सार्वजनिक बिदा दिन लागिएको हो।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार अछाम, बाजुरा र बझाङमा बिदा दिइएको छ। प्रदेश सरकारले पुस १८ गते आइतबार परेको भुवा पर्वको अवसरमा तीन जिल्लामा बिदा दिने निर्णय गरेको हो।