शुक्रबार, वैशाख १८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा माता वैष्णोदेवी भवनमा भागदौड, १२ श्रद्धालुको मृत्यु

भारतमा माता वैष्णोदेवी भवनमा भागदौड, १२ श्रद्धालुको मृत्यु

माता वैष्णोदेवी भवनमा भागदौड मच्चिँदा १२ श्रद्धालुको ज्यान गएको छ। भाडदौड मच्चिँदा थुप्रै हताहती भएको आशंका गरिएको छ।
 |  शनिबार, पुस १७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १७, २०७८

काठमाडौं- माता वैष्णोदेवी भवनमा भागदौड मच्चिँदा १२ श्रद्धालुको ज्यान गएको छ। भाडदौड मच्चिँदा थुप्रै हताहती भएको आशंका गरिएको छ। 

National life

समाचार एजेन्सी एएनआईका अनुसार घटनामा १२ जनाको ज्यान गएको र मृतक संख्या बढ्न सक्ने बताइएको छ। घाइतेहरूको कटरा सामुदायिक स्वास्थ्य केन्द्र ब्लक मेडिकल अफिसर डा. गोपाल दत्तले मृतक सबैको पोस्टमार्टम गरिएको जानकारी दिएका छन्।

डा. गोपालले घाइतेहरूको नारयण अस्पतालमा उपचार भइरहेको बताएका छन्। हताहतिमा दिल्ली, हरियाणा, पन्जाब र जम्मू-कश्मीरका व्यक्तिको ज्यान गएको बताइएको छ।

राति २ देखि ३ बजेको बिचमा भागदौड मच्चिएको बताइएको छ। घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन्।

प्रधानमन्त्री मोदीले घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका छन्। यसका साथै सरकारले मृतकका परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार दिने घोषणा गरेको हो।

प्रकाशित: Jan 01, 2022| 10:14 शनिबार, पुस १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।