मंगलबार, भदौ २, २०८३

आजको मौसम कहाँ कस्तो रहला?

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसले गर्दा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहेको छ।
 |  शनिबार, पुस १७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १७, २०७८

काठमाडौं- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसले गर्दा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर देशभर आंशिक बदली रहनेछ। त्यसका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दूई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ।

यस्तै आज राति देशभर आंशिक बदलीको संभावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर १ का उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको संभावना रहेकाले चिसो बढ्न सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ। 

केही दिन पहिले भएको वर्षा र हिमपातका कारण यतिबेला देशैभर चिसो बढेको छ।

प्रकाशित: Jan 01, 2022| 07:42 शनिबार, पुस १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।