धनगढी- कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। सस्शत्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोर्डर आउट पोष्ट डोकेबजारबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको हो।
पुनर्वास नगरपालिका ११ डोकेबजारस्थित सिमानाकाबाट नेपालतर्फ आउँदै गरेका धनगढी उपमहानगरपालिका जाँई बस्ने १९ वर्षीय प्रेम ऐर पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनको साथबाट खैरो हिरोइन ७८ ग्राम र टोपीभित्र राखेको नाइट्रोभेट ४ ट्याबलेटसहति पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय त्रिभुबनबस्तीमा बुझाइएको प्रहरीले जनाइएको छ।