मंगलबार, भदौ २, २०८३

ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन घाइते

गोरखामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनाम थप तीन जना घाइते भएका छन्।
 |  शनिबार, पुस १७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १७, २०७८

काठमाडौं- गोरखामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनाम थप तीन जना घाइते भएका छन्। आरुघाटबाट माछाखोलातर्फ जाँदै गरेको बा५ख ६५६६ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ का २३ वर्षीय निराजन नेपाल, सोही ठाउँका दीपक परियार र धार्चे गाँपालिका–३ उहियाकी शरणी गुरुङकी २ वर्षीया छोरी सपना गुरुङको मृत्यु भएको छ।

नेपाल र परियारको घटनास्थलमै र बालिकाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालका अनुसार नेपाल ट्रक चालक र परियार सहचालक हुन्।

दुर्घटनामा गम्भीर घाइते भएकी २६ वर्षीया शरणी गुरुङ र धार्चे गाउँपालिका–५ माछाखोलाका अस्मिता गुरुङलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौंस्थित टिचिङ अस्पताल पठाइएको छ।

अर्का घाइते धार्चे गाउँपालिका–३ का आशमान गुरुङलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर लगिएको छ। दुर्घनाको कारणबारे भने प्रहरीले अनुसन्धान थालिएको जनाएको छ।

प्रकाशित: Jan 01, 2022| 07:07 शनिबार, पुस १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।