शनिबार, असोज ३१, २०८३

बलिउड २०२१ : वेब सिरिजदेखि फिल्मसम्मै ओटीटीको वर्चश्व

केही बलिउड अभिनेत्रीलाई भने २०२१ मज्जाले फाप्यो। कैयौं अभिनेत्रीले यस वर्ष दमदार अभिनयका कारण दर्शकमाझ आफ्नो छाप छोड्न सफल भए।
 |  शनिबार, पुस १७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १७, २०७८

काठमाडौं– बलिउड फिल्म उद्योगका लागि सन् २०२१ खासै उपलब्धिमूलक रहेन। २०२१ को अन्तिम महिनातिर केही फिल्महरु सिनेमा घरमा लागे पनि अधिकांश फिल्महरु ओभर द टप (ओटीटी) माध्यमबाट प्रदर्शन भए।

कम बजेटका फिल्मका साथै ‘बिग बजेट’ फिल्म पनि डिजिटल माध्यमबाट रिलिज भए। २०२० बाटै सिनेमाघरहरु लकडाउनका कारण बन्द भएकाले निर्माण भएका नयाँ फिल्म र दर्शकबीच ओटीटीले गतिलो पुलको काम गर्यो।

विद्या बालन अभिनित शेरनी, सलमान खान अभिनित राधे, विक्की कौशल अभिनित सरदार उधम, अजय देवगन अभिनित भुजः द प्राइड आफ इन्डिया, फरहान अख्तर अभिनित तुफान, सिद्धार्थ मल्होत्रा अभिनित शेरशाह, कृति सेनन अभिनित मिमी, अभिषेक बच्चन अभिनित बाब विश्वास जस्ता फिल्महरु डिजिटल माध्यमबाट रिलिज भएका थिए।

कागज, द गर्ल अन ट्रेन, सन्दीप और पिंकी फरार, सायना, शेरनी, हसिना दिलरुबा, रश्मि रकेट, तुफान, हंगामा २, द बिग बुल, भूत पुलिस र थलाइवी जस्ता केही फिल्म सिनेमाघर र ओटीटी दुबैमा रिलिज भए।

केही बलिउड अभिनेत्रीलाई भने २०२१ मज्जाले फाप्यो। कैयौं अभिनेत्रीले यस वर्ष दमदार अभिनयका कारण दर्शकमाझ आफ्नो छाप छोड्न सफल भए। फिल्मबाहेक ओटीटी माध्यमबाट रिलिज भएका वेब सिरिजमा बलिउड अभिनेत्रीहरुको नै बर्चश्व रह्यो।    

ओटीटी माध्यमबाट रिलिज भएका फिल्म तथा शोहरुमा हुमा कुरैशी, विद्या बालनदेखि ओटीटी मार्फत नै डेब्यू गरेकी दक्षिण भारतीय अभिनेत्री समन्था, कृति सेनन, रबीना टन्डन र लारा दत्ताले समेत आफ्नो अभिनयको कमाल देखाउन सके।

कृति सेननको मुख्य भूमिका रहेको ‘मिमी’ महिलाप्रधान फिल्म थियो। कोरोनाका कारण सिनेमा घरमा लाग्न नपाएपछि ओटीटीमा बेचिएको थियो। संवेदनशील विषयमाथि बनेको फिल्म मिमीबाट सेननले समीक्षादेखि दर्शकसम्मको प्रशंसा बटुलेकी थिइन्।

नुसरत भरुचा अभिनित ‘छोरी’ पनि तारिफयोग्य नै रह्यो। भरुचाले ‘अजीब दास्ता’ वेब शोले पनि उनलाई थप राम्रो गरेको थियो। साथै ‘बुसान इन्टरनेसनल फिल्म फेस्टिबल’मा एसियन कन्टेन्ट अवार्डसमा उनलाई सर्वश्रेष्ठ अभिनेत्रीको श्रेणीमा राखिएको थियो। कन्या भु्रण हत्या विरुद्ध बनाइएको फिल्म ‘छोरी’ले महत्वपूर्ण सन्देश दिन नुसरत सफल रहिन्।

विद्या बालन ‘शेरनी’ बनेर आइन्। अमेजन प्राइममा विद्या बालन अभिनित फिल्म शेरनी अत्यधिक रुचाइयो। स्त्री प्रधान फिल्म लागे पनि यो फिल्मले जंगली जनावर ‘बाघ’लाई संरक्षण गर्नुपर्ने सन्देश दिएको छ। फिल्म अभिनेताको होस् कि अभिनेत्रीको होस् राम्रो भएमा दर्शक थिएटरमा मात्रै नभएर ओटीटीमा पनि हेर्नेसक्ने बताइन् विद्याले।  

२०२१ मा रकेटझैं दौडियो अभिनेत्री तापसी पन्नुको करियर पनि। ‘हसीना दिलरुबा’ पछि उनको फिल्म रश्मी रकेट ओटीटीमा रिलिज भएको थियो। यो फिल्म भारतकी तेज धाविका दुती चाँदको जिवनीमा आधारित छ। दुती जेन्डर टेस्टमा फेल भएपछि एशियन गेममा खेल्ने मौका गुमाउनु परेको थियो उनले। जिन्दगीको उतारचढावसँग संघर्षरत रश्मीलाई राष्ट्रय टीममा सहभागी हुने मौका मिलेपछि उनले आफ्नो जादु नै देखाउँछिन्। तापशीले यस फिल्ममा यादगार अभिनय गरेकी छिन्।

अभिनेत्री लारा दत्ताको ‘हिकअप्स एण्ड हुकअप्स’ वेब सिरिजका कारण चर्चामा रहिन्। फिल्म ‘बेल बटम’मा लाराले इन्दिरा गान्धीको भूमिका निभाएर सबैलाई आश्चर्यमा पारेकी थिइन्। यो फिल्म यसै वर्ष ओटीटीमा रिलिज भएको थियो।

एकल महिलाको भूमिका निर्वाह गरेकी लाराले ओटीटी डिजिटल माध्यम आएसँगै चालिस वर्षका महिलामाथि कथा लेखिन थालेको बताउँछिन्। त्यसो भएमा महिलाहरुले पनि नियमित काम पाउन सक्ने उनको बुझाइ थियो।  

निकै रोमान्टिक लब स्टोरी फिल्ममा अभिनय गर्दै आएकी साउथ भारतीय अभिनेत्री सैमन्था रुथ प्रभु वेब सिरिज ‘फैमिली मैन’ सिजन २ मा एकदम फरक अन्दाजमा देखिन्। यसै सिरिजका माध्यमबाट डिजिटल माध्यम प्रवेश गरेकी सैमन्थाले राम्रै प्रशंसा पाइन्। ‘राजी’ नामकी एक महिलाको भूमिका निभाएकी सैमन्थाले आतंकबादीसँग काम गर्छिन् फिल्ममा। मनोज बाजपेयीका साथ देखिएकी सैमन्थालाई फिल्मफेयर ओटीटी अवार्डमा सर्वश्रेष्ठ अभिनेत्रीले सम्मान गरिएको थियो।

त्यसैगरी रवीना टन्डन ‘अरण्यक’ नामको वेब सिरिजले चर्चामा रहिन्। क्राइम थ्रिलरमा बनेको अरण्यकमा रवीनालाई प्रहरी अफिसरको रुपमा देख्न सकिन्छ। उनले ओटीटी माध्यमका कारण अब हर कसैलाई काम पाउन सकिने बताइन्। महिलाप्रधान फिल्म बनाउन हिचकिचाउने निर्माताहरु अहिले महिला प्रधान फिल्म शो लिएर ओटीटी माध्यममा आइरहेका छन्। दर्शकको माया पनि पाइरहेका छन्।
भयानक एक्सनका साथ आर्या २ मा देखिइन् अभिनेत्री सुस्मिता सेन। अघिल्लो वर्ष रिलिज भएको आर्या पछि २०२१ म आर्या २ आएको हो। जसमा सुस्मिता सेनले नयाँ स्टायल, एक्टिङ र दमदार संवादका कारण चर्चामा रहिन्।

महारानीमा देखिएकी हुमा कुरैशी २०२१ मा चर्चामा नै रहिन्। एक साधारण गृहिणीदेखि राजनीतिक दुनियाँमा कदम राख्न सक्ने सफल महिलाको भूमिका निर्वाह गरेकी छिन्। बिहारको एउटा गाउँकी महिला कसरी एक मुख्यमन्त्री बन्न पुग्छिन् भन्ने फिल्ममा देख्न सकिन्छ। हुमा अहिले यसै शोको दोस्रो सिजनमा व्यस्त छिन्।

– बीबीसी र वेब दुनियाबाट

प्रकाशित: Jan 01, 2022| 06:00 शनिबार, पुस १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।