शुक्रबार, चैत ६, २०८२

एसईई वैशाखमा लिन सुझाव

यस वर्षको माध्यमिक तह उत्तीर्ण परीक्षा (एसईई) वैशाखमा सञ्चालन गर्न सरोकारवालाले सुझाव दिएका छन्।
 |  शुक्रबार, पुस १६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १६, २०७८

काठमाडौं – यस वर्षको माध्यमिक तह उत्तीर्ण परीक्षा (एसईई) वैशाखमा सञ्चालन गर्न सरोकारवालाले सुझाव दिएका छन्। क्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोभिड १९का कारण गत असारबाट सुरु भएको शैक्षिक सत्र चैतसम्म पठनपाठन सञ्चालन गर्ने र वैशाखमा एसईई सञ्चालन गर्ने विषयमा छलफल भएको बताए।

National life

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले आइतबार बस्ने बोर्ड बैठकमा यस विषयमा छलफल हुने बताए । उनले भने, ‘संघीया शिक्षा ऐन नबन्दासम्म एसईई गर्ने दायित्व बोर्डकै हो। कहिले गर्ने भन्ने विषयमा सरोकारवालासँग छलफल गरेका छौं। आइतबार बैठक बस्दैछ। कहिले गर्ने भन्ने निर्णय चाँडै गर्छौं।’ 

यसअघि सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले चैतसम्ममा कोर्स पूरा गरेर वैशाखमा परीक्षा सञ्चालन गर्न बोर्डलाई सुझाव दिएका थिए।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्न निर्देशन दिए पनि ऐन नहुँदा परीक्षा बोर्डले नै सञ्चालन गर्दै आएको छ।

गत वर्ष बोर्डले तयार गरेको कार्यविधिको आधारमा परीक्षा सञ्चालन भएको थियो। शिक्षक सेवा आयोगले परीक्षा चैत १५ बाट सुरु गर्ने तयारी भएकाले एसईई मिति सार्न आग्रह गरेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 31, 2021| 15:31 शुक्रबार, पुस १६, २०७८
प्रतिक्रिया दिनुहोस्