शनिबार, असोज ३१, २०८३

यी क्षेत्रमा छ वर्षा र हिमपातको सम्भावना

आज देशभर आंशिक बदली भई गण्डकी र प्रदेश नम्बर १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ।
 |  शुक्रबार, पुस १६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १६, २०७८

काठमाडौं- आज देशभर आंशिक बदली भई गण्डकी र प्रदेश नम्बर १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य असर रहेको छ। 

विभागले गण्डकी र प्रदेश नम्बर १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेका कारण चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। 

हाल देशभर आंशिक बदली रही धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। राति प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने जनाइएको छ। ती स्थानका उच्च पहाडी तथा हिमाली भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ। 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव पाँच डिग्री र अधिकतम तापक्रम १३ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ। 

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव पाँच डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम २४ दशमलव सात डिग्री सेल्सियस रहेको छ।

प्रकाशित: Dec 31, 2021| 13:42 शुक्रबार, पुस १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।