काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ६ सयले बढेको हो। बिहीबार चार सयले घटेको सुनको मूल्य शुक्रबार भने ६ सयले बढेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
बिहिबार प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार भने तोला १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।