मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

दुई शताब्दीपछि पाङ्ग्रो खाने चरो भेटिएपछि...

मानिसहरूले हतारमा कुनै वस्तु खाँदा ‘हङ्‍रायोले पाङ्ग्रो’ निलेको जस्ताे भनेर उखान जोड्ने चलन छ। चरा खोजकर्ता खरेलले इलामको सूर्योदय नगरपालिका–१ सीमधापमा यही पुस ६ गते एक जोडी ‘हङ्‍रायो’ को तस्बिर खिचेका हुन्।
 |  शुक्रबार, पुस १६, २०७८
nespernesper

रासस

रासस

शुक्रबार, पुस १६, २०७८

काठमाडौं– ‘हङ्‍रायोले पाङ्ग्रो निल्छ’ भन्ने उखान पूर्वी पहाडमा निकै चर्चित छ। यही उखानको सहाराले चरा खोजकर्ता देवेन्द्र खरेललाई दुर्लभ पंक्षी रुफ्स नेक्ड हर्नबिल (नेपाली नाम हङ्‍रायो) को कीर्तिमानी तस्बिर खिच्न सफलता मिलेको छ।

triton college

पहाडमा पाइने पाङ्ग्रो एक प्रकारको लहरे वनस्पतिको फल हो। जो ज्यादै कडा र चराले खान नसक्ने आकारको हुन्छ। उखानअनुसार एउटा चरा छ, जसले पाङ्ग्रो देख्नेबित्तिकै हतार–हतार खान्छ।

मानिसहरूले हतारमा कुनै वस्तु खाँदा ‘हङ्‍रायोले पाङ्ग्रो’ निलेको जस्ताे भनेर उखान जोड्ने चलन छ। चरा खोजकर्ता खरेलले इलामको सूर्योदय नगरपालिका–१ सीमधापमा यही पुस ६ गते एक जोडी ‘हङ्‍रायो’ को तस्बिर खिचेका हुन्।

लोप भएको ठानिएको यो चरा नेपालमा १९२ वर्षपछि उनले खिचेको हुँदा यसलाई ठूलो उपलब्धिका रूपमा लिइएको छ। नेपालमा चराका विषयमा खोज गरेका ब्राइन हड्सन नामका विदेशी विज्ञले सन् १८२९ मा नेपालमा ‘हङ्‍रायो’ भेटिएको उल्लेख गरेका थिए।

त्यसयता नेपालमा यो पक्षीको अस्तित्व कसैले पुष्टि गर्न सकेको थिएन। विज्ञहरुले विभिन्न दस्तावेजमार्फत यो चरा नेपालमा लोप भइसकेको जानकारी दिने गरेका थिए।

Metro Mart
vianet

चरा खोजीमा रुचि राख्दै आएका मेचीनगर नगरपालिका–६ काँकडभिट्टा निवासी वाइल्ड लाइफ फोटोग्राफर खरेललाई चराविद् कमल मादेनले ‘हङ्‍रायोले पाङ्ग्रो निल्छ’ भन्ने उखान सुनाउँदै नेपालमा हङ्‍रायोको अस्तित्व हुन सक्ने बताउने गरेका छन्।

मानिसहरूले हतारमा कुनै वस्तु खाँदा ‘हङ्‍रायोले पाङ्ग्रो’ निलेको जस्ताे भनेर उखान जोड्ने चलन छ। चरा खोजकर्ता खरेलले इलामको सूर्योदय नगरपालिका–१ सीमधापमा यही पुस ६ गते एक जोडी ‘हङ्‍रायो’ को तस्बिर खिचेका हुन्।

मादेनले दिएको प्रेरणाका आधारमा नै उखान पछ्याउँदै जाँदा हङ्‍रायोको अस्तित्व पुष्टि गर्ने अवस्थासम्म पुर्‍याएको खरेलले बताए। ‘मादेन सरले मलाई हङ्‍रायो खोज्न प्रेरित गर्नुभयो, मैले पनि सानैदेखि ‘हङ्‍रायोले पाङ्ग्रो निल्छ’ भन्ने उखान सुन्दै आएको थिएँ। त्यही हङ्‍रायोलाई गाउँतिर पाङ्ग्रो निल्ने हङ्‍रायो भन्दा रहेछन्,’ उनले भने।

पत्रकार सम्मेलन गरी उनले आफूले खिचेका हङ्‍रायोका तस्बिर सार्वजनिक गर्दै नेपालमा भएका चराहरूको संरक्षण जरुरी भएको बताए। ‘हङ्‍रायो’ चरा अस्तित्वमा रहेको पुष्टि गरिदिएपछि चरासम्बन्धी खरेलको खोजको प्रशंसा भइरहेको छ। साथै पाङ्‍ग्रा निल्ने दुर्लभ चरा पूर्वी नेपालमा डुलिरहेको छ भन्ने सत्य सावित भएको छ।

‘चराको खोजीका लागि इलामको जङ्गलमा डुलिरहेका बेला अचानक अनौठो चराको जोडी पखेटा फट्फटाउँदै एउटा रुखबाट अर्को रुखमा उडेर गएको देखेँ। हत्तपत्त क्यामेरा निकालेर ४५ सट तस्वीर खिचेर हेर्दा नेपालमा लोप भइसकेको घोषणा गरिएको हङ्‍रायो पो रहेछ भन्ने थाहा भयो,’ उनले भने।

धनेष चराको जस्तो मोटो चुच्चो र टाउकामा सिङजस्तो देखिने कडा भाग भएको ‘हङ्‍रायो’ निकै लामो र ठूलो हुने खरेलले बताए। झापाको मेचीनगरमा अरु तीन प्रकारका ‘हङ्‍रायो’को प्रजाति फेला पारिसकेको भए पनि रुफ्स नेक्ड हर्नबिल प्रजातिको चरा फेला पार्नु आफ्नो वाइल्ड लाइफ फोटोग्राफी जीवनका लागि अभूतपूर्व उपलब्धि बनेको उनले सुनाए।

वाइल्ड लाइफ फोटोग्राफीमा रुचि राख्ने खरेलले विगत पाँच वर्षदेखि निजी खर्चमा चराको खोज अनुसन्धान र संरक्षण गर्ने अभियान सञ्चालन गरिरहेका छन्। उनले नेपालमा पाइने ८८७ मध्ये ४०० भन्दा बढी प्रजातिका चराको तस्बिर आफ्नै क्यामेराले कैद गरिसकेका छन्।

झापाको मेचीनगर नगरपालिकालाई नेपालकै सबैभन्दा बढी चरा पाइने पालिकाका रूपमा चित्रण गर्दै आएका उनले मेचीनगरमा मात्र ३०० भन्दा बढी प्रजातिको चराको तस्वीर खिचिसकेको दाबी गरेका थिए। ‘संरक्षित क्षेत्रबाहेक नेपालमा सबैभन्दा बढी चरा पाइने ठाउँ मेचीनगर नै हो। यहाँ खोला चरामात्रै पनि २० प्रजातिका छन् भने दुर्लभ मानिएको तीन प्रजातिका हङरायो भेटिएको रेकर्ड मसँग छ,’ उनले भने।

चराविद् मादेनले नेपालमा लोप भइसकेको घोषणा गरिएको रुफ्स नेक्ड हर्नबिलको पुनः खोजी गर्ने र पहिलो तस्वीर खिच्ने व्यक्ति झापाका खरेल नै भएको बताए। उनले एउटा लेखमा भारत, भूटान, चीन, म्यान्मार र थाइल्याण्डमा थोरै सङ्ख्यामा पाइने यो चरा नेपालमा लोप भएको भनेर केही विज्ञले झुटो दाबी गरेको भए तापनि आफूले ‘हङ्‍रायोले पाङ्ग्राे रो निल्छ’ भन्ने प्रचलित उखानका आधारमा पूर्वी पहाडमा यसको अस्तित्व रहेको अनुमान सार्वजनिक रूपमै गर्दै आएको जिकिर गरेका छन्।

वाइल्ड लाइफ फोटोग्राफीमा रुचि राख्ने खरेलले विगत पाँच वर्षदेखि निजी खर्चमा चराको खोज अनुसन्धान र संरक्षण गर्ने अभियान सञ्चालन गरिरहेका छन्। उनले नेपालमा पाइने ८८७ मध्ये ४०० भन्दा बढी प्रजातिका चराको तस्बिर आफ्नै क्यामेराले कैद गरिसकेका छन्।

क्यारोल इन्स्किप र टी इन्स्किपले संयुक्तरूपमा सन् १९८५ मा प्रकाशित गरेको ‘अ गाइड टु दी बर्डस् अफ नेपाल’ नामक पुस्तकमा यो चरा नेपालबाट सम्भवतः लोप भइसकेको भनेर उल्लेख गरेका थिए। विदेशी विज्ञहरुले पर्याप्त खोज नै नगरी ‘हङ्‍रायो’ लोप भयो भनी गरेको घोषणालाई चरा खोजकर्ता खरेलले गलत सावित गरिदिएकामा खुशी लागेको मादेनले उल्लेख गरे।

खरेलले नै मेचीनगर–३ बेँसीबजारमा ग्रेट हर्नबिल, मेचीनगर–११ को बाँसबारी वनमा ओरियन्टल हर्नबिल र मेचीनगर–६ काँकडभिट्टामा इन्डियन ग्रे हर्नबिलको तस्बिर खिचेको जानकारी दिए। स्थानीय लोकतन्त्र पोष्ट दैनिकमा फोटो पत्रकारितासमेत गर्दै आएका खरेलले चराहरूको खोज तथा अनुसन्धानमा हालसम्म रु सात लाख निजी खर्च गरिसकेको र कुनै निकायबाट आर्थिक सहयोग नपाएको बताए।

पुरानो भइसकेको क्यामेरा र लेन्सबाट चरा खोज गर्न असजिलो हुँदै गएको समस्या सुनाउँदै उनले अत्याधुनिक प्रविधियुक्त क्यामेरा किन्न सामर्थ नरहेको जानकारी दिए। तीन सयभन्दा बढी प्रजातिका चरा पाइने मेचीनगरलाई चरा संरक्षित क्षेत्र घोषणा गरेर चरा मार्न निषेध गरिनुपर्ने उनले माग गरेका छन्। यही क्षेत्रमा उनले गत वर्ष विश्वमै दुर्लभ मानिएको हरित परेवाका तस्बिर खिचेका थिए।

इलामको रोङमा खिचेको रातोढाडे पुष्पकोकिल नामक चराको तस्बिर खिच्ने उनी नेपालको पहिलो व्यक्ति भएको बताइएको छ। नेपालमा चरा पर्यटनको प्रचुर सम्भावना रहेको जनाउँदै उनले स्थानीय सरकारले यस विषयमा चासो नदेखाएकामा दुःख व्यक्त गरे।

सीमसार मासिने, जङ्गल क्षेत्रमा मानव अतिक्रमण बढ्ने र खोलाहरुमा ट्याक्टर र टिपरको बढ्दो कर्कश आवाजले चराको बासस्थान नासिने क्रम बढेको उनको धारणा छ।

प्रकाशित: Dec 31, 2021| 12:30 शुक्रबार, पुस १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।