आइतबार, भदौ २१, २०८३

ऐन महर हाजिरी जमानीमा रिहा

 |  बुधबार, भदौ ११, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ११, २०८२

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई हाजिरी जमानीमा छोडेर अनुसन्धान गर्ने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले निर्णय गरेको छ।

बलात्कार तथा यौन शोषण गरेको भन्दै प्रहरीमा जाहेरीपछि पक्राउ परेका महरलाई हाजिरी जमानीमा छोडेर अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिइएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जनाएको छ। 

उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले आज पक्राउ पुर्जी जारी गरेको थियो। त्यसै पक्राउ पुर्जीका आधारमा उनी पक्राउ परेका थिए।

प्रकाशित: Aug 27, 2025| 18:52 बुधबार, भदौ ११, २०८२
प्रतिक्रिया दिनुहोस्