काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण सुरू भएको छ।
शुक्रबार बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण भिजिबिलिटी नपुगेर बन्द भएको विमानस्थल ११ बजेपछि खुलेको हो।
विमानस्थल खुलेपछि आकाशमा घुम्दै गरेका जहाजहरु अवतरण भएका छन्। यसअघि बिहानै आएका चारवटा जहाज भने ल्यान्ड गर्न नसकेर डाइभर्ट भएका छन्। सिमराको आकाशमा तीन घण्टासम्म फन्को लगाउँदासमेत अवतरण गर्न नसकेपछि ती जहाजलाई ढाका र कोलकाता डाइभर्ट गरिएको हो।
हुस्सु हटेपछि आन्तरिकतर्फको उडान पनि खुलेको छ।