शुक्रबार, असोज १६, २०८३

तोलामा ६ सय बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा साताको अन्तिम कारोबार दिन छापावाल सुनको मूल्य प्रतितोला रु. ६०० ले उकालो लागेको छ।
 |  शुक्रबार, पुस १६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १६, २०७८

काठमाडौं– सुनचाँदी बजारमा साताको अन्तिम कारोबार दिन छापावाल सुनको मूल्य प्रतितोला रु. ६०० ले उकालो लागेको छ।

हिजो बिहीबार प्रतितोला रु. ९२ हजार १०० मा कारोबार भएको सुनको मूल्य आजका लागि प्रतितोला रु. ९२ हजार ७०० तोकिएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९२ हजार २०० छ, जुन बिहीबार प्रतितोला रु. ९१ हजार ६०० थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु. १५ ले बढेर रु. एक हजार २६० पुगेको महासंघले जनाएको छ। 

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबारका मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१८ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित: Dec 31, 2021| 11:29 शुक्रबार, पुस १६, २०७८
प्रतिक्रिया दिनुहोस्