दाङ- दाङमा गाडीको ठक्करबाट एक जनाको ज्यान गएको छ। गाडीको ठक्करबाट दंगिशरण गाउँपालिका-६ का अन्दाजी ३३ वर्षका सुमन केसीको मृत्यु भएको हो।
केसीलाई शुक्रबार बिहान अन्दाजी चार बजेतिर गाडीले ठक्कर दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए।
तुलसीपुर–सुर्खेत सडक खण्डअन्तर्गत दंगिशरण–६ को श्रीगाउँमा केसीलाई गाडीले ठक्कर दिएको हो। ठक्कर दिने गाडीको पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ।
केसी घाइते अवस्थामा फेला परेका थिए। उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।