मंगलबार, भदौ २, २०८३

सीमभञ्ज्याङमा यातायात अवरुद्ध

त्रिभुवन राजपथअन्तर्गत पर्ने सीमभञ्ज्याङमा बाक्लो शीतलहर परेका कारण यातायात अवरुद्ध भएको छ।
 |  शुक्रबार, पुस १६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १६, २०७८

काठमाडौं- त्रिभुवन राजपथअन्तर्गत पर्ने सीमभञ्ज्याङमा बाक्लो शीतलहर परेका कारण यातायात अवरुद्ध भएको छ। बिहीबार साँझ हिउँ पन्छाएर यातायात सञ्चालनमा ल्याइएको भए पनि अढाइ घण्टापछि बाक्लो शीतलहर परेका कारण पुनः यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले बताए।

उनका अनुसार दामनबाट सिमभञ्ज्याङको करिब तीन किलोमिटरमा बाक्लो शीतलहर पर्नाले काठमाडौंबाट हेटौँडातर्फ आउने र हेटौंडाबाट जाने दुवैतर्फको यातायात अवरुद्ध भएको हो।

आजै अपराह्नसम्म शीतलहर पन्छाइ यातायात सञ्चालनमा ल्याइने तयारी भइरहेको प्रहरी निरीक्षक तिमल्सिनाले बताए। हाल काठमाडौंबाट आएका विभिन्न सवारी साधन दामनमा र हेटौंडाबाट गएका सवारी अघोरमा लामबद्ध भई आ–आफ्नो गन्तव्यतिर जान पर्खिरहेका उनले बताए।

प्रकाशित: Dec 31, 2021| 09:28 शुक्रबार, पुस १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।